मंगलबार, वैशाख ११, २०८१

प्रेरक प्रसंग – स्वामीजीकाे जुक्ति

नेपालखोज २०७७ असोज ७ गते २१:२६

काठमाडौं । एउटा शहरमा एकजना मुर्तिकार बस्थे । एकदिन उनले एक सुन्दर मूर्ति बनाएर एउटा चोकमा राखे र मुनि लेखे यो मूर्तिमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् ।

जब उनले साँझ उक्त मूर्ति हेरे । पुरै मूर्ति भरी सबै ठाउँमा चिनो लागेर एकदम खराब भैसकेको थियो । यो देखेर मुर्तिकार अत्यन्त दुखी भए । के गर्ने सोच्न सकेनन् उनले । दिक्क मानेर बसिरहेका थिए ।

त्यही बाटो भएर कतै जाँदै गरेका स्वामीले मूर्तिकारलाई त्यस्तो हालतमा देखेर कारण सोधे । मूर्तिकारले पूरै घटनाको विवरण सुनाए । यो सुनेर स्वामीजीले भने, तिमी एउटा काम गर । भोली अर्को मूर्ति बनाएर यहीं राख तर मुनि यो लेख । यस मूर्तिमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानु होला ।

मूर्तिकारले भोलिपल्ट त्यसै गरे । साँझ हेर्दा मूर्ति जस्ताको तस्तै थियो । कसैले छुनसम्म पनि छोएका थिएनन् । मूर्तिकार संसारको प्रवृति र नियति बुझ्न समर्थ भए ।

तसर्थ यस भनाइले भन्न खोजेको के हो भने- खोट निकाल्नु, निन्दा गर्नु, कुरा काट्नु, अरुको आलोचना गर्नु, आफ्नो मात्र घमण्ड गर्नु , सानालाइ हेप्नु आदि गर्न एकदमै सजिलो छ । त्यो काम दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु सबैको वशको कुरा हैन् । स्रोत- सामाजिक संञ्जाल

प्रतिक्रिया