मंगलबार, जेठ ८, २०८१

विश्वका सबैभन्दा ठूला मस्जिद !

नेपालखोज २०७९ वैशाख ४ गते ८:२०

जुमा मस्जिद, मस्को
मस्कोको केन्द्रीय मस्जिद जुमा मस्जिद तथा क्याथिड्रल मस्जिदको नामले पनि चिनिन्छ । १९०४ मा निर्माण भएको यो मस्जिद युरोपक‍ो सबैभन्दा ठूलो मस्जिद पनि हो । जिर्णोद्धार गरिएपछि अहिले यहाँ १० हजार मानिसले एकसाथ नमाज पढ्न सक्छन् ।

अल हरम मस्जिद, मक्का
अल हरम मस्जिद इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण र साढे तीन लाख वर्गमिटरमा फैलिएको संसारकै सबैभन्दा ठूलो मस्जिद हो । सोह्रौं सताब्दिमा निर्माण भएको यो मस्जिदमा नौ वटा मिनार छन् । यो मस्जिद भित्र काबा छ जसलाई इस्लामको मुख्य पवित्रस्थल मानिन्छ ।

No description available.

पैगम्बर मस्जिद, मदिना
मदिनाको मस्जिद इस्लामको दोस्रो सबैभन्दा पवित्र स्थल हो । यहाँ पैगम्बर मोहम्मदको चिहान छ । यो मस्जिद ६२२ इस्वीमा निर्माण भएको हो । यो मस्जिदमा ६ लाख श्रद्धालुले एक साथ नमाज अदा गर्न सक्छन् ।

अल अक्सा मस्जिद, जेरूसलम
जेरूसलमको टेम्पल माउन्ट स्थित अल अक्सा मस्जिदमा एकसाथ ५ हजार मानिस अटाउँछन् । सुनको गुम्बज भएको ७१७ इस्वीमा निर्मित यो मस्जिद विश्वविख्यात छ र यो इस्लाम धर्मावलम्बीहरूका लागि तेस्रो महत्वपुर्ण मस्जिद हो ।

हसन मस्जिद, कासाब्लान्का
एटलान्टिक सागरक‍ो तटमा अवस्थित यो मस्जिदको नाम मोरक्कोका पुर्व शाह हसन द्वितीयको नाममा राखिएको हो । १९९३ मा उनक‍ो ६० औं जन्म दिवसका अवसरमा निर्माण गरिएको यो मस्जिदको मिनार २१० मिटर अग्लो छ । यो संसारकै सबैभन्दा अग्लो मस्जिद हो ।

No description available.

शेख जायद मस्जिद, अबुधाबी
यो मस्जिदको उद्घाटन २००७ मा गरिएको हो । यो संसारकै आठौं ठूलो मस्जिद हो । यो मस्जिद २२४ मिटर लामो तथा १७४ मिटर चौडा छ । यसको मिनारको उचाई १०७ मिटर छ भने मुख्य गुम्बदको ब्यास ३२ मिटर छ जुन विश्व रेकर्ड हो ।

जामा मस्जिद, दिल्ली
मुगल सम्राट शाहजहाँद्वारा निर्मित जामा मस्जिद भारतको प्रसिद्ध मस्जिद हो । १६५६ मा निर्माण सम्पन्न भएको पुरानो दिल्ली स्थित यो मस्जिद संसारको नवौं ठूलो मस्जिद हो । यहाँ २५ हजार मानिसले एक साथ नमाज अदा गर्न सक्छन् ।

No description available.

रोमको मस्जिद
क्याथोलिक धर्मको राजधानी रोममा एउटा विशाल मस्जिद छ । ३०,००० वर्गमिटरमा फैलिएको यो मस्जिद युरोपको सबैभन्दा ठूलो मस्जिद भएको दावा गरिन्छ । दश वर्ष लगाएर तयार पारिएको यो मस्जिदको उद्घाटन १९९५ मा भएको हो ।

अखमत कादिरोभ मस्जिद, ग्रोज्नी
यो मस्जिद चेचन्याका राष्ट्रपति कादिरोभको नाममा निर्माण गरिएको हो । उनी २००४ को एक हमलामा मारिएका थिए । चेचन्या युद्धका कारण यो मस्जिदको निर्माण कार्य अनेकौं पटक अवरुद्ध भएको थियो । यो मस्जिद २००८ मा आम मानिसका लागि खुला गरिएको थियो ।

No description available.

कुल शरिफ मस्जिद, कजान
यो मस्जिदको नामले रूसी अधिग्रहण भन्दा पहिलेको कजानका आखिरी इमामको नामको याद दिलाउँछ । नजिकैको क्याथिड्रलका साथ यो तातर जातिका मुसलमान तथा अर्थोडक्स इसाइहरूको शान्तिपुर्ण सहजीवनको सुत्र मानिन्छ ।

No description available.
No description available.No description available.No description available.

प्रतिक्रिया