बिहान खाली पेटमा मनतातो पानी पिउँदा यस्ता फाइदाहरु हुन्छन्
नेपालखोज
२०७७ असोज ८ गते ५:०३
खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदाहरुः
१. पाचन प्रणालीमा सुधार ।
२. दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।
३. अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।
४. मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
५. मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
६. नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
७. नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।
८. दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
९. नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया