कोरोना अपडेट : नेपालमा डिस्चार्ज हुनेको संख्या ५० हजार नाघ्यो
नेपालखोज
२०७७ असोज ८ गते १७:०७
काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड –१९ लाई जित्नेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित डिस्चार्ज भए सँगै हालसम्म ५० हजार ४११ जनाले कोरोनालाई जितेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया