मंगलबार, असार १७, २०८२

प्रहरीमाथि हातपात गरेको अभियोगमा दुइ पक्राउ, एक फरार

नेपालखोज २०७७ असोज ९ गते १७:३८

भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं गोकर्ण बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३२ वर्षीय रेल बहादुर तामाङ लगायत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका ९ निलबाराही मुलपानी पुलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.४० प ९६०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न रही फरार सोही मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया