मंगलबार, वैशाख ११, २०८१

मुटु जोगाउन अनिवार्य गर्नुहोस् यी उपाय

नेपालखोज २०७७ असोज १० गते ५:०३

१. भर्याङ (सिढी) चढ्नु
तपाईंको घरमा होस् या कार्यालयमा भर्याङ (सिढी) त पक्कै पनि होला । यदि तपाईंले दिनमा १० मिनेट मात्रै लगातार सिढी चढ्ने र ओर्लने गर्नुभयो भने पनि धेरै लाभ लिन सकिन्छ ।

२. ताई ची
गहिरो गरी स्वास लिनु, एकाग्रता तथा लयबद्ध शारीरिक गतिविधिको माध्यमबाट ताई चीको महत्वपूर्ण भूमिका हुन्छ । ताई ची तनाव कम गर्न र मुटुलाई स्वस्थ राख्नका लागि उपयोगी तरिका हो ।

३. नृत्यु (डान्स)
मुटुलाई स्वस्थ राख्न नृत्य (डान्स) सबैभन्दा राम्रो र रोचक शारीरिक व्यायाम हो । जो व्यक्ति कार्डियोभास्कुलर बिमारीबाट ग्रसित छन् उनीहरुका लागि यो सबैभन्दा उत्तम व्यायाम हो । मुटुको घड्कन प्रतिमिनेट १२० देखि १३५ बिटसम्म पुग्ने गरी व्यायाम गर्नुलाई राम्रो मानिन्छ ।

४. स्ट्रेचिंग व्यायाम
स्ट्रेचिंग तपाईको व्यायाम तालिकाको एक निश्चित हिस्सा हुनु आवश्यक हुन्छ । धेरै मानिसका लागि स्ट्रेचिंग गर्नु धेरै अप्ठेरो पनि हुन सक्छ । तर हप्तामा कम्तिमा दुई पटक गर्दा यसको आदत बस्दै जान्छ । तर स्ट्रेचिंग गर्दा तपाईंले धेरै सतर्क रहनु आवश्यक हुन्छ कि तपाईंको शरीरको कुनै भागमा दुखेको त छैन् ? दुखेको छ भने स्ट्रेचिंग नगर्नु नै राम्रो हुन्छ ।

५. एरोबिक्स
विशेषज्ञहरुको नै सल्लाह छ कि एक स्वस्थ मुटुका लागि साप्ताहिक रुपमा कम्पितमा १ दिन ३० मिनेटसम्म एरोबिक गर्नु जरुरी हुन्छ । जगिङ गर्नु, दौडिनु, साइकल चलाउनु आदि व्यायाम एरोबिक्सअन्तर्गत पर्छन् ।

प्रतिक्रिया