आइतबार, वैशाख १४, २०८२

सुख शान्ति प्राप्तिका लागि आज मंगलबार भगवान गणेशको पूजा अर्चना गर्नुहोस् ।। तपाईको राशिफल ।।

नेपालखोज २०७७ असोज १३ गते ५:००

आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ।

मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मीक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजनापनि बन्न सक्छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभपनि होला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रापनि रहला ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट लाभ हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया