शुक्रबार, वैशाख १२, २०८२

लिभरपुलका थियागोलाई कोरोना संक्रमण

नेपालखोज २०७७ असोज १४ गते ९:१९

एजेन्सी । लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा कोरोना भाइरस संक्रमित भएका छन्। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।

२९ वर्षे थियागो यसै सिजनमात्र जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखबाट लिभरपुलसँग अनुबन्ध भएका थिए। प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराएको खेलमा थियागोले वैकल्पिक खेलाडीका रूपमा लिभरपुलबाट डेब्यू गरेका थिए।

तथापि उनी गत साता लिनकनलाई पराजित गरेको खेलमा थियागो अनुपस्थित थिए। त्यस्तै सोमबार आर्सनललाई ३(१ ले हराउँदा पनि थियागो टीममा थिएनन्।

लिभरपुलले भनेको छ, ‘‘थियागोलाई सामान्य लक्षण देखिएको थियो। तर उनको स्वाथ्य राम्रो छ र सुधार भइरहेको छ।’’ प्रिमियर लिगले सोमबार १० खेलाडी कोरोना भाइरस संक्रमित भएको जनाएको थियो। सिजन सुरु भएपछि यो उच्च कोरोना भाइरस संक्रमित संख्या हो।

लिभरपुलले बिहीबार फेरि आर्सनलविरुद्ध काराबाओ कपमा प्रतिस्पर्धा गर्नेछ। त्यसपछि प्रिमियर लिगमा एस्टन भिल्लाको भ्रमण गर्नेछ।

प्रतिक्रिया