बिहीबार, वैशाख १३, २०८१

विश्वको खतरनाक बाटो !

नेपालखोज २०७७ असोज १४ गते ११:४४

हामी आफ्नो यात्रामा विभिन्न किसिमका बाटाहरु छिचोल्दै गन्तव्यमा पुग्छौं । उकालो ओरालो सडक हिड्नु त हाम्रो दैनिकी नै हो । उकालो, ओरालो, कच्ची, पिच यस्ता किसिमका बाटोहरु हामीले हाम्रै वरपर देखिरहेका हुन्छौं । के तपाईलाई थाहा छ ? विश्वकै खतरनाक बाटोको बारेमा । थाहा छैन भने जान्नुहोस ।

विश्वको दुई खतरनाक बाटोहरु :

१. किंग्स पाथ
यो दक्षिणी स्पेनको ११० वर्ष पुरानो सडक हो । यो सडकलाई एल केमिनिटो डेल रेको नामले पनि जानिन्छ । यो संसारकै सबैभन्दा खतरनाक बाटोमा गनिन्छ । यसलाई किंग्स पाथ वेको नामले पनि जानिन्छ । यसको निर्माण १९०५ मा भएको थियो । यो खतरनाक बाटो हाइड्रोइलेक्ट्रिक पावर प्लान्टमा काम गर्ने मजदूरका लागि निर्माण गरिएको हो ।

२. क्लिफ पाथ
क्लिफ पाथ यो सडक पश्चिमी चीनको गुलुकान गाउँमा पर्दछ । यो सडक प्रयाेग गरी बच्चाहरू एक स्कूल पढ्नको लागि जान्छन् । यो ५ हजार फीट लामो बाटो चट्टानबाट बनेको हो । जसलाई क्लिफ पाथ भनिन्छ । यहाँबाट लडेर २ जनाको मृत्यु भईसकेको छ ।

 

प्रतिक्रिया