शुक्रबार, वैशाख १४, २०८१

सात महिनाकाे उमेरमा मयेर बनेका यी बालक

नेपालखोज २०७७ असोज २५ गते ११:१०

न्यूयोर्क । सात महिनाको बालक मेयर बनेका छन् । विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन नाम गरका बालक अमेरिकाको ह्वाइटहल सहरको मेयरमा चयन भएका हुन् ।

त्यसो त उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।

उनले मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए ।

समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।

यस्तो छ सपथपत्र

म विलियम चाल्र्स म्याकमिलन प्रतिज्ञा गर्दछु कि ह्वाइटहलको मेयरको पदमा इमानदारी र आफ्नो क्षमता अनुरुप काम गर्दछु । म मानिसहरुलाई यही भन्न चाहन्छु कि खेलको मैदानमा तपाईहरु प्रेमपूर्वक व्यवहार गर्नुस्, उत्कृष्ट जीवन र सरसफाईमा ध्यान दिनुस् ।’

प्रतिक्रिया