शुक्रबार, वैशाख १४, २०८१

स्कुस बहुउपयोगी र पोषिलो

नेपालखोज २०७७ असोज १५ गते ५:०३

१. पोषक तत्वको धनी
स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित पोषकतत्व पाइन्छ ।

२. एन्टिअक्सिडन्टको उपलब्धता
स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

३. मुटुको स्वास्थ्यका लागि
स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ ।

४. रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगी
घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बोहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पु¥याउँछ ।

५. स्वस्थ गर्भावस्थालाई सहयोग गर्ने
स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्धत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ ।

६. क्यान्सर कम गर्न सहयोग
उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पु¥याउने गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ ।

७. बुढेसकालमा हुने दृष्टिदोष कम गर्न
फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्षति पु¥याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पु¥याउँछ । यसैले, भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको दृश्य कम गर्न मद्दत गर्छ ।

८.मिर्गौलाको कामलाई सहज बनाउन
फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ ।

प्रतिक्रिया