आइतबार, जेठ ६, २०८१

खर्बुजा खानुका यति धेरै फाइदा

नेपालखोज २०७७ भदौ ११ गते ५:३५

१. दमबाट बचाउँछ
खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपार्इँलाई दमको रोगी बन्न दिदैन ।

२. रक्तचाप नियन्त्रण
अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन ।
३. क्यान्सर
खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन र क्यान्सर बाट बचाउँछ । त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ ।

४. पाचन प्रणाली
खर्बुजामा प्रसस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ ।

५. हाइट्रेसन र शरीरमा पानीको मात्रा
खरबुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाईन्छ । गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खरबुजाले सन्तुलित पार्छ ।
६. छाला
छालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन ए चाहिन्छ । त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको बृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाईने भिटामिन ए ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

७. खर्बुजामा प्रसस्त मात्रामा पाईने कोलिन सुत्दा, मांसपेसी चलाउँने कामका लागि चाहिन्छ । त्यस्तै सिकाई तथा यादगर्ने प्रक्रियामा पनि चाहिन्छ । यी अलावा शरीर गलेको, दुखाई कमगर्न तथा चिल्लो पदार्थलाई सोस्ने पनि कोलिन चहिन्छ । जुन खर्बुजाको सेवनबाट पाइन्छ ।

प्रतिक्रिया