अवैध लागूऔषधसहित भक्तपुरबाट एक जना पक्राउ

नेपालखोज २०७७ असोज १६ गते १९:२७

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका २ ब्यासी कालीघाट बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवालाई करिब २ सय ८५ ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लासिवाको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई पक्राउ गरेको हो । सुनसरीको धरान उपमहानगरपालिका १ पुरानो बजारबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र सोही उपमहानगरपालिका ९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागूऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाईट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया