महिला भोटरमा मात्रै सीमित बने : नेतृ राणा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आगामी महाधिवेशनमा महिलाले कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता पाउनुपर्ने माग गरेकी छन् ।
पार्टी नेतृत्व तहमा महिलाहरुका लागि आरक्षण गर्नुपर्ने बताउँदै नेतृ राणाले महिलाले क्रियाशील सदस्यता पाउन नसकेको गुनासो गरेकी छन् । नेपाल महिला संघले आयोजना गरेको ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै नेतृ राणाले भनिन्, ‘३३ प्रतिशत महिला हुनुपर्ने विधानमा व्यवस्था छ तर त्यसले पुगेन् । कम्तीमा ४० प्रतिशत महिलले क्रियाशील सदस्यता पाउनुपर्छ ।’
राणाले कांग्रेसमा महिला अहिलेसम्म भोटरमा मात्रै सीमित बनेको गुनासो गरिन् । यति धेरै पदाधिकारी मध्ये सहमहामन्त्रीमा मात्रै महिला रहेको र महिलाहरु सधैं भोटर मात्रै भएर बस्ने हो ? भन्दै प्रश्न पनि गरेकी छन् । उनले सहमहामन्त्रीमा महिलालाई सीमित गरिनु नहुनेमा जोड दिएकी छन् । उनले भनिन्, ‘सभापतिमा भिड्न सक्ने महिला कम होलान तर अन्य पदमा भिड्न सक्ने त छन नि ? म त कुनै पदमा उठ्नेवाला छैन् ।’

प्रतिक्रिया