उपत्यकाका अस्पतालमा राखिएका लक्षणबिहीन संक्रमितलाई १० दिनमा डिस्चार्ज गरिने

नेपालखोज २०७७ असोज १८ गते २०:०९

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा डिस्चार्ज गर्ने सरकारले निर्णय गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयमा बसेको ’इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अन्य क्षेत्रका अस्पतालहरुको हकमा भने निर्देशिका अनुसार हुने डा. गौतमले बताए ।

त्यस्तै अत्यवाश्यक बाहेक घरबाहिर ननिस्किन र कुनै पनि सभा सम्मेलन र गोष्ठी नगर्न पनि मन्त्रालयको निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया