सोमबार, वैशाख १५, २०८२

पूर्वराज्यमन्त्री खड्कालाई बदनाम गराउने प्रयास, मन्त्री खड्काको सवारी चालक निर्दोष

नेपालखोज २०७७ असोज २२ गते १०:२४

काठमाडौं । नेपाली काग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दीपक खड्कालाई बदनाम गराउने गिरोहले खड्काको गाडीले पैदल यात्रुलाई ठक्कर दिएको भ्रमपूर्ण समाचार फैलाए पनि अन्तत ः खड्काको सवारी चलाउने सवारी चालक निर्दोष भएको पुष्टि भएको छ । केही दिन अघि टिचिङ्ग अस्पतालको मूल सडकको जेव्राक्रसिङ्गमा मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्रु उछिटिएर विपरित दिशाबाट आईरहेको खड्काको सवारीमा ठोक्किन पुगेकी थिइन ।

तर, मन्त्रीको बदनाम गराउनका लागि केही व्यक्तिहरुले सामाजिक सञ्जालमा पूर्व राज्यमन्त्री खड्काको सवारीले दूर्घटना गराउको भन्दै हल्ला पिटाए पनि महानगरीय प्रहरी बृत महाराजगञ्ज टोलीले भने वास्तविक सवारी चालकलाई पक्राउ गरेको छ । दूर्घटना गराएर फरार रहेको प्रदेश नम्बर ३–०२र००७ प ७६ १५ मोटरसाईक र चालकलाई पक्राउ गरेको छ । दूर्घटनामा परी पैदल यात्रु अनुपा कार्कीको मृत्यु भएको थियो भने उनका श्रीमान घाईते भएका थिए ।

मोटरसाइकलसहित चालक २१ वर्षीय सुरज विक मकवानपुर जिल्लाको वागमती गाउँपालिका–७ का स्थायी वासिन्दा महाराजगञ्ज बृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।

वृत्तका डीएसपी रोशन खड्काले उक्त घटना पूर्वमन्त्रीको गाडीले नभई मोटरसाइकलले गराएको बताए । डीएसपी खड्काले पक्राउ परेका पूर्वमन्त्रीका चालक जयराज जोशी निर्दोष भए पनि मुद्धा अगाडि बढिसकेको बताए । उनकाअनुसार पूर्वमन्त्रीका चालकको मुद्दा कानूनअनुसार नै टुंगो लाग्नेछ ।

‘ठक्कर दिने चालकलाई हामीले पक्राउ गरेका छौं । एउटा सवारीले ठक्कर दिएर अर्को सवारीमा ठोक्किन गए त्यसको दोष हुँदैन’, उनले भने, ‘ अब उहाँहरुको मुद्धा अगाडि बढेकाले कानूनी प्रक्रियाबाटै टुंगोमा पुग्छ ।’

सो विषयमा पूर्व राज्यमन्त्री खड्काले भने आफूलाई विवादमा ल्याउन केही व्यक्तिहरु सक्रिय रहेकाले उनीहरुले नै सञ्चार माध्यममा समाचार पठाएको सुनाए । यस्ता गलत समाचारहरुको संप्रेषणले सञ्चार माध्यमहरुको प्रतिष्ठामा समेत आँच आउने भएकाले पुष्टि नभएका समाचारहरु प्रकाशित नगर्न खड्काले आग्रह समेत गरे ।

प्रतिक्रिया