बुधबार, वैशाख १२, २०८१

दशैंमा मन्दिरमा पुजारी मात्रै बोलाएर नित्य पूजा गर्नू : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ असोज २२ गते १९:१९

काठमाडौं । सरकारले यस वर्षको दशैंमा मन्दिरमा पुजारी मात्रैले नित्य पूजा गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले दशैंमा मन्दिरमा भिडभाड हुन सक्ने भएकाले पुजारीले मात्रै नित्य पूजा गर्न आग्रह गरेको हो ।

आज आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै मन्दिर, गुठी, स्थानीय प्रशासनलाई दशैंमा पुजारी मात्रै बोलाएर नित्य पूजा गर्न आग्रह गरेका छन् ।

प्रवक्ता गौतमले दशैंमा विभिन्न देश र ठाउँबाट घर जाने क्रम बढेको र यसले देशका कुनाकाप्चामा समेत कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको हुँदा सर्तकता अपनाउन आग्रह गरेका छन् । त्यस्तै, सरकारले दशैं तिहारमा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहाल्न आग्रह गरेको छ ।

प्रतिक्रिया