प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमण मुक्त
नेपालखोज
२०७७ असोज २३ गते ९:२४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन ।
उनिहरुको बिहीबार पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनिहरु सबैलाई गएको असोज १७ गते सङ्क्रमण भएको थियो ।
सल्लाहकार थापाकाअनुसार उनिहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

सम्बन्धित

प्रतिक्रिया