शुक्रबार, वैशाख ७, २०८१

खालीपेटमा यस्ता कुरा खादै हुनुहुन्छ ? ध्यान दिनुहाेस्

नेपालखोज २०७७ असोज २५ गते ५:०३

१. चिया
धेरै मानिसलाई बिहान उठ्नेबित्तिकै चियाको तलतल लाग्छ । बेड(टी खाने बानी हुन्छ धेरैको । तर चियामा उच्च मात्रामा एसिड हुन्छ जसका कारण खाली पेटमा पिउँदा पेट दुख्ने र ग्यास जम्मा हुने समस्या उब्जिन्छ ।

२. कफी
कफीमा भएको क्याफिनले खाली पेटमा पिउँदा भयंकर घातक परिणाम ल्याउँछ ।

३. रक्सी
खाली पेटमा रक्सी खाँदा पेट पोल्छ र मानिसको पाचन शक्ति पनि कमजोर बनाउँछ ।

४. सोडा
खाली पेटमा सोडा पिउँदा बान्ता आउन सक्छ । तपाईँलाई बेकारमा तनाव हुन्छ ।

५. गोलभेंडा
गोलभेंडा कहिल्यै पनि खाली पेट खानुहुँदैन किनकि यसमा एकदम धेरै एसिड हुन्छ । यसले पत्थरी गराउन सक्छ ।

६. मसलायुक्त खानेकुरा
बेस्सरी मसला हालेको खानेकुरा पनि खाली पेटमा खानुहुँदैन । यसमा भएको एसिडले पाचन प्रणालीलाई गडबड गराउँछ । अनि यसले पेट बाँउडिने र दुख्ने समस्या हुन्छ ।

प्रतिक्रिया