ललितपुरमा कोरोना संक्रमितकाे संख्या साढे ४ हजार पुग्याे

नेपालखोज २०७७ असोज २५ गते १६:१८

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भइ डिस्चार्ज हुनेको सङ्ख्या २ हजार १८६ पुगेको छ ।

यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुईहजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।”

महानगरपालिकामा ७९ देखि ८० प्रतिशत सङ्क्रमितहरूको कन्ट्रयाक टे«सिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छाँै”, उनले थपे, “कोभिड सङ्क्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।”

प्रतिक्रिया