४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ असोज २६ गते १३:१९
उदयपुर । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका ८ पावु बस्ने ३२ वर्षीय शम्सेर बहादुर क्याप्छाकी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शम्सेरले ती महिलालाई असोज १६ गते राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया