मंगलबार, वैशाख ११, २०८१

नेपाली बजारमा जावा मोटरसाईकल

नेपालखोज २०७७ असोज २८ गते २१:११

काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा कम्पनीले डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुको अनावरण गरेका हुन् ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजर ५ सय रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरि कम्पनीले जावा फोर्टी टु भरियन्ट पनि बजारमा ल्याएको छ । जावा–फोर्टीटु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः ६ लाख २० हजार र६ लाख ४८ हजार रुपैयाँ रहेको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे गरि तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन् ।

यसैगरी जावा फोर्टी टुल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु गरि ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ। जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने कम्पनीको भनाई छ । यसैगरि देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने कम्पनीको योजना रहेको छ ।

कम्पनीका अनुसार काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न सक्नेछन् । मूल जाभाको सदावहार रुचाइने शैली र प्रतिष्ठित चरित्र सहित नयाँ जावामा पुनर्जन्म भएको छ । विगतको प्रमाणिकता र पहिचान– उत्तम, सुरुचिपूर्ण, परिस्कृत र विशिष्टतालाई समटने, विरासत खोज्नेहरूका लागि यसको समायोजन गरिएको छ । जावा आफ्नो रुप र कार्यमा पुरानो विश्वकोे चरित्र र आधुनिक प्रर्दशनसहित सर्वोत्कृष्ठ छ ।

यसैगरि जावा फोर्टी टुक्लासिक छ, जसले सीमा र प्रयोगहरूलाई छिचोल्दछ । आफ्नो डिजाइनमा विचित्रता र गैरपरम्परागत लक्षणहरूसहित फोर्टी टु, एक– छायायुक्त, मांसपेशीयुक्त, स्पोर्टी क्लासिकको स्वीकारयुक्त संस्करण हो । कम्पनीका अनुसार नयाँ जावा२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी इन्जिनसहित सर्वोत्तम इटालियन इन्जिनियरिङसँगको सहकार्यबाट निर्मित छ । यसमा २७ बीएचपी र २८ एनएम टर्कका साथ मध्यम रेन्जमा र निरन्तर शक्तिशाली सवारी सञ्चालनमा फ्ल्याट टर्क कर्भ रहेको छ ।

यस्तै नयाँ जावामा युनिक साउन्ड रहेको छ । नयाँ जावा र जावा फोर्टी टुले पौराणिक कथालाई जावाको मूल चरित्रलाई नगुमाईकनै अर्को अध्यायमा पु¥याउने दावी पनि कम्पनीले गरेको छ । जावाले ९० वर्षभन्दा अधिकको विरासतलाई जोड्छ र यो आधुनिक इन्जिनियरिङसँग आउने हरेक कुराबाट बनेको छ । मोटरसाइकलमा भएको विश्मयकारी रुप, जुन दैनिक सवारी प्रयोगका साथसाथै विगतका समयमा झै सहज र रमाइलो सवारीका लागि पर्याप्त रुपमा भरपर्दो रहेको दावी पनि कम्पनीले गरेको छ ।

प्रतिक्रिया