शुक्रबार, चैत १६, २०८०

मुटु स्वस्थ राख्न यस्ता उपाय अपनाउनुहोस्

नेपालखोज २०७७ असोज २९ गते ५:०३

१. चुरोट, बिंडी, सुर्ती, खैनी गुड्खा जस्ता सूर्तिजन्य पदार्थको प्रयोग नगरौँ ।

२. दैनिक ३० मिनेट छिटो छिटो हिंडने, ब्यायम गर्ने, योग गर्ने ।

३. हरियो तरकारी र फलफुल प्रशस्त खाने । नून, चिनी कम खाने ।

४. बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने ।

५. मोटो शरीर भए तौल घटाउने ।

६. पिर चिन्ता नलिने, कसैसंग नरिसाउने , उत्तेजनामा नआउने, नझर्किने ।

७. उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।

८. दैनिक ६\८ घण्टा सुत्ने ।

९. अरुलाई सहयोग गर्ने माया गर्ने । सामाजिक कार्यमा लाग्ने ।

१०. नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने (कम्तीमा बर्षको एक पटक) ।

प्रतिक्रिया