शनिबार, वैशाख १५, २०८१

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

नेपालखोज २०७७ असोज २९ गते ११:०३

झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनी घरकै आइसोलेसनमा बसेका छन् । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।

प्रतिक्रिया