शुक्रबार, वैशाख ७, २०८१

आज शुक्रवार महालक्ष्मी देवीको पूजा आराधना गर्नुहोस् धन प्राप्त हुनेछ ।। तपाईको राशिफल ।।

नेपालखोज २०७७ असोज ३० गते ५:००

आज शुक्रबार, आजका दिन हिन्दु धर्मावलम्बीहरूले धनकी देवी महालक्ष्मी देवीको पूजा गर्ने गरेका छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतारहरु सन्तोषी माता, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा आराधना गरिन्छ । आजको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ । आजका दिन महालक्ष्मी देवीको पुजा गर्नाले घरमा लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यता छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मानको डर हराएर जानेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रापनि हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमाबाट धनलाभ हुनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोधपनि आउन सक्छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अधुरो कामपनि पूरा हुनसक्छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर मन भावुक र उत्ताउलो बन्न सक्छ । -ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया