मंगलबार, वैशाख ४, २०८१

शनिबार माछामासु र रक्सी नखाँदा के हुन्छ थाहा छ ?

नेपालखोज २०७७ फागुन २२ गते ७:००


शनी एक बलवान् ग्रह हो । यसलाई खुशी बनाएमा धनधान्य आर्जन हुने धर्मशास्त्रको अभिमत छ । शनि देवता खुशी भएको खण्डमा यिनले व्यक्तिलाई सफलताको चुचुरोमा पुर्याउँछन् । यो उन्नति कारक ग्रह हो तसर्थ शनिदेवलाई खुशी पार्नु भनेको तपाईं उन्नतिको शीखर चढ्नु हो । शनिलाई खुशी बनाउन शनिबार खाने कुराहरुलाई थोरै बिचार गर्दा पनि गर्न सकिन्छ जसले तपाईंलाई शनिको कृपादृष्टि रहिरहन्छ ।


सादा दुध वा दहीको सेवन शनिबार राम्रो हुँदैन यसमा केहि मह चिनी बेसार मिसाएर खाएमा शनिको कृपादृष्टि रहिराख्छ । काँचो आपको अचार पनि शनिबार प्रयोग नगर्दा राम्रो हुन्छ । यसले पनि शनिको कृपादृष्टि रहिराख्छ ।

त्यस्तै रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्नु राम्रो हुन्छ । बरु यसको सट्टा हरियो पहेंलो खुर्सानी प्रयोग गर्दा शनीको कृपादृष्टि रहिराख्छ । थप कुरा के भने शनिबारको दिन चना र मासको दाल खान खानुहोस् यसले पनि शनिदेव खुशी हुन्छन् । मसुरोको दाल प्रयोग गर्दा शनी देव प्रशन्न हुँदैनन् तसर्थ खाने कुरामा तपाईंले केहि संयम अपनाउनुपर्ने हुन्छ ।


विशेष ख्याल राख्नुपर्ने कुरा शनिबार नेपालमा बिदा हुने कारण माछामासु र रक्सी प्रयोग गर्ने चलन छ तर यी कुरा प्रयोग गर्दा शनिको नकारातमक उर्जा हाम्रो शरीरमा पर्न जान्छन् । तसर्थ रक्सी र माछामासु शनिबार प्रयोग नगर्नुहोस् । केहि हप्तामै तपाईंमा शनिको कृपादृष्टि रहन्छ । यसपछि भुलेर पनि तपाईंले शनिबार माछामासु र रक्सी प्रयोग गर्नुहुने छैन ।


शनिबार माछामासु प्रयोग गर्नेहरुलाई चञ्चला लक्ष्मीले छाडेर जान्छिन् । यिनीहरुलाई शनिदेवले क्षमा गर्दैनन् । आचरणमा कमी भएको कारण शनिदेव खुशी हुन समय लाग्छ । मान्छेहरुले शनिलाई पापकारक ग्रह भनेर माछामासु र रक्सी प्रयोग गर्न पछि पर्दैनन् तर त्यसो नभएर शनि उन्नतिकारक ग्रह भएकाले यिनलाई त्यस्ता पापाचार युक्त काम मन पर्दैन । तसर्थ कुनै पनि हालतमा तपाईं माछामासु र रक्सी शनिबार प्रयोग नगर्नुहोस् ।

प्रतिक्रिया