मंगलबार, कार्तिक ४, २०७७

सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६०० आर आर

नेपालखोज २०७७ असोज ३० गते १७:३३

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबिआर ६०० आर आरलाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यो बाइकको लुक्स् र फिचरहरुले सबैलाई पक्कै पनि आकर्षित गर्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

४ सिलिन्डर लिक्विड कुलइन्जिन रहेको यो सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ । ६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ । ६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४ लाख ५० हजार निधारण गरिएको छ ।

प्रतिक्रिया