शुक्रबार, वैशाख १४, २०८१

साताको पहिलो कारोबार दिन आइतबार एक घण्टामा ८.०२ अंक घट्यो नेप्से, हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार

नेपालखोज २०७७ कार्तिक २ गते १२:३१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक एक घण्टामा ८ दशमलव ०२ अंक घटेको छ । यो अवधिसम्म परिसूचक १ हजार ५५४ दशमलव ४४ विन्दुमा झरेको हो । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६१ अंक घटेर ३०८ दशमलव ४७ विन्दुमा झरेको छ ।

आइतबार एक घण्टामा १५८ कम्पनीको ४६ करोड ७७ लाख १० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । एक घण्टामा उक्त रकम बराबरको १७ लाख ४५ हजार कित्ता शेयर कारोबार भएको हो । यस अवधिसम्म सर्वाधिक रकमको शेयर कारोबार हिमालयन बैंकको संस्थापक शेयर भएको छ । हिमालयन बैंकको २४ करोेड ४५ लाख ५१ हजार रूपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको हो ।

आइतबार कारोबारमा आएका १२ समूहहरुमध्य उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । एक घण्टाको कारोबारमा जलविद्युुत समूहको परिसूचक सर्वाधिक १ दशमलव ५५ प्रतिशतले घटेको छ । यो दिन होटलको १ दशमलव ४१ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य २ प्रतिशत, वित्तको १ दशमलव ३४ प्रतिशतले परिसूचक घटेको हो ।

एक घण्टामा सर्वाधिक शेयरमूल्य जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ७८ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म जनरल इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ३६ रूपैयाँले बढेर अन्तिम मूल्य ४०४ रूपैयाँ पुगेको हो । त्यस्तै सर्वाधिक मूल्य यो अवधिसम्म रैराङ हाइड्रोपावरको घटेको छ । रैराङ हाइड्रोपावरको एक घण्टामा ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य घटेको हो ।

प्रतिक्रिया