शुक्रबार, वैशाख १४, २०८१

सोमबार शेयर बजार हरियो, पहिलो घण्टाको कारोबारमा म्युचुअल फण्ड बाहेकका सबै परिसूचक बढ्यो

नेपालखोज २०७७ कार्तिक ३ गते १२:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार पहिलो घण्टामा ४ दशमलव ३१ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक १ हजार ५६१ दशमलव ११ विन्दुमा पुगेको हो । आइतबार ५ दशमलव ६६ अंक घटेर १ हजार ५५६ दशमलव ८० विन्दुमा बन्द भएको बजार सोमबार १ हजार ५५६ दशमलव ८६ विन्दुदेखि खुला भएको हो ।

यो दिन एक घण्टाको कारोबारमा सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ३६ अंक बढेर ३०८ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहमध्य यो अवधिसम्म म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी सबै समूहको बढेको छ । सोमबार सर्वाधिक जलविद्युत समूहको परिसूचक १ दशमलव शून्य ४ प्रतिशतले बढेको छ

पहिलो घण्टामा सोमबार १५० कम्पनीको १२ करोड ३१ लाख ८२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म ४ लाख ५ हजार ७०८ कित्ता शेयर कारोबार भएको हो ।

एक घण्टाको कारोबारमा सर्वाधिक रकमको शेयर अपि पावरको खरिद विक्री भएको छ । अपि पावरको १ करोड १४ लाख ४० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सोमबार पनि सर्वाधिक शेयरमूल्य जनरल इन्स्योरेन्स कम्पनी नेपालको बढेको छ । पहिलो घण्टाको कारोबार अवधिसम्म जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९० प्रतिशतले बढेको हो । सर्वाधिक परिसूचकमा बृद्धि भएको अवधिमा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक २ दशमलव ६८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया