बिहीबार, चैत १५, २०८०

दोस्रो घण्टामा १२.१६ अंकले बढ्यो बजार, ३७ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ कार्तिक ३ गते १४:२०

काठमाडौं । सोमबार दोस्रो घण्टामा शेयर बजार १२ दशमलव १६ अंक बढेर १ हजार ५६८ दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवधिसम्म ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव १७ अंक बढेर ३१० दशमलव ४५ विन्दुमा छ ।

दोस्रो घण्टामा १७३ कम्पनीको ३७ करोड ४२ लाख ६२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको १३ लाख १८ हजार २५८ कित्ता शेयर कारोबार भएको हो ।

सोमबार सर्वाधिक रकमको कारोबार गरिरहेको अपि पावरको दोस्रो घण्टामा ३ करोड १५ लाख ४१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार गरिरहेको अपि पावरको शेयरमूल्य पनि ९ दशमलव ६३ प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य दोस्रो घण्टाको कारोबारसम्म जनरल इन्स्योरेन्सको बढेको छ । जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९० प्रतिशतले बढेको हो ।

दोस्रो घण्टामा पनि म्युचुअल फण्ड बाहेकका सबै परिसूचक हरियो भएको छ । म्यूचुअल फण्डको परिसूचक भने शून्य दशमलव ३ प्रतिशतले घटेको हो । सोमबार जलविद्युत समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ७४ प्रतिशत बढेको हो ।

त्यस्तै होटलको १ दशमलव ५७ प्रतिशत, बैंकिङकोे शून्य दशमलव ४८ प्रतिशत, विकास बैंक १ दशमलव २९ प्रतिशत, वित्तको १ दशमलव ५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३४ प्रतिशत, अन्यको शून्य दशमलव ८९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया