बिहीबार, वैशाख ६, २०८१

सिटिजन्स बैंकद्वारा ११ प्रतिशत लाभांस घोषणा

नेपालखोज २०७७ कार्तिक ३ गते १६:५२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ११ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । बैंकको आज सोमबार बसेको सञ्चालक समितीको ३ सय ४५ औं बैठकले २०७७ असार मसान्तसम्म कायम रहेको चुक्ता पुंजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २ सय ९० रुपैयाँको ७ दशमलव ७० प्रतिशत अर्थात ६९ करोड ९९ लाख १५ हजार नौ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव ३० प्रतिशत अर्थात २९ करोड ९९ लाख ६३ हजार ९ सय ७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

लाभांस वितरण सम्वन्धी सञ्चालक समितीले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया