शुक्रबार, वैशाख ७, २०८१

बुधबार तेस्रो घण्टामा बैंकिङ समूहको परिसूचकमा सर्वाधिक बृद्धि, १ अर्ब १० करोड बढीको कारोबार

नेपालखोज २०७७ कार्तिक ५ गते १४:२३

काठमाडौं । बुधबार बैंकिङ समूहको परिसूचक सर्वाधिक १ दशमलव ३९ प्रतिशत बढेको छ । यो दिन तेस्रो घण्टामा होटलको शून्य दशमलव ५५ प्रतिशत, अन्यको शून्य दशमलव १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक घटेको छ ।

शेयर बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको वाणिज्य बैंक समूहको सर्वाधिक परिसूचक बढ्दा नेप्से परिसूचक पनि ११ दशमलव ३४ अंक बढेर १ हजार ५९५ दशमलव १२ विन्दुमा पुगेको छ ।

तेस्रो घण्टामा १८५ कम्पनीको १ अर्ब १० करोड १३ लाख ८९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म पनि एनआईसी एशिया बैंकले नै सर्वाधिक रकमको कारोबार गरेको छ । तेस्रो घण्टामा एनआईसी एशिया बैंकको २० करोड ५५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया