शुक्रबार, वैशाख १४, २०८१

बिहीबार तेस्रो घण्टामै १ अर्ब ३५ करोडभन्दा बढीको शेयर कारोबार, कुमारी बैंकको सबैभन्दा बढी

नेपालखोज २०७७ कार्तिक ६ गते १४:२२

काठमाडौं । बिहीबार तेस्रो घण्टाको अवधिभित्र १ अर्ब ३५ करोड ३८ लाख ३८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म १८४ कम्पनीको ४३ लाख ३० हजार ९०९ कित्ता शेयर कारोबार भएको हो ।नेप्से परिसूचक पनि ८ दशमलव ३१ अंक बढेर १ हजार ६०६ दशमलव शून्य २ विन्दुमा पुगेको छ । उता, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९० अंक बढेर ३१८ दशमलव ५५ विन्दुमा छ ।

तेस्रो घण्टासम्मको कारोबारमा पनि कुमारी बैंककै सर्वाधिक रकमको शेयर खरिद विक्री भएको छ । कुमारी बैंकको यस अवधिमा ११ करोड ३८ लाख ९१ हजार रूपैयाँ भन्दा बढीको शेयर कारोबार भएको हो । बिहीबार तेस्रो घण्टाको कारोबार अवधिसम्म बैंकिङ समूहको १ दशमलव शून्य २ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५५ प्रतिशत, वित्तको १ दशमलव शून्य २ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको छ । यस अवधिमा होटलको शून्य दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ११ प्रतिशत, अन्यको शून्य दशमलव ११ प्रतिशत, जीवन बीमको शून्य दशमलव शून्य ६ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया