रोकिएन नेप्सेको ओरालो यात्रा, छ अंकले घट्दा चार अर्ब ४१ करोडको शेयर किनबेच
काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै १३ अंकले ओरालो लागेको नेप्से आज पनि छ दशमलव ३२ अंकले घटेर २६ सय ६९ दशमलव ८२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले घटेर चार सय ५४ दशमलव ९१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ५२ हजार सात सय पाँच पटकको कारोबारमा ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४१ करोड ३३ लाख २० हजार दुई सय ९० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक १९ दशमलव २६ अंकले बढेर छ हजार छ सय ९० दशमलव १४ अंकमा चढेकोमा उत्पादनमुलक, लघुवित्त र व्यापार समुहहरुको सुचक पनि क्रमशः २२ दशमलव ८८, छ दशमलव ८१ र १४ दशमलव ८५ अंकले चढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज दुई दशमलव २२ अंकले घटेर १४ सय चार दशमलव ६३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३० दशमलव शुन्य एक अंकले घटेर पाँच हजार छ सय ८६ दशमलव ६७ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि २३ दशमलव ५१ अंकले घटेर तीन हजार दुई सय ८७ दशमलव ६७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ७१ अंकले घटेर तीन हजार पाँच सय १३ दशमलव २८ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव ६० अंकले घटेर १२ हजार नौं सय ७७ दशमलव ९१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २५ दशमलव ६२ अंकले घटेर १२ हजार आठ सय सात दशमलव ४९ अंकमा झरेको छ । यि बाहेक लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ८३, शुन्य दशमलव शुन्य तीन र शुन्य दशमलव १६ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड नैं पहिलो स्थानमा परेको छ।
प्रतिक्रिया