मंगलबार, वैशाख ११, २०८१

नायक अमिर दोङ र मोडल दिपा अभिनित ‘मञ्जुरी’ सार्वजनिक

नेपालखोज २०७७ कार्तिक ८ गते २१:५४

काठमाडौं । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ‘मञ्जुरी’ बोलको गीत बजारमा आएको छ ।

डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो । गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन ।

गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन् ।

भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध लामाले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया