शुक्रबार, वैशाख १४, २०८१

मुटु स्वस्थ्य राख्न मद्दत गर्ने प्राकृतिक उपचार

नेपालखोज २०७७ कार्तिक १२ गते ४:००

१. पीपलको पातलाई घोलेर पिउनु
हरेक दिन बिहान पिपलको १५ वटा नयाँ पत्ता टिप्नुहोस् । ती पातलाई राम्ररी धुनुहोस् र सानोसानो टुक्रामा काट्नुहोस् । त्यो पातको टुक्रालाई दुई गिलास पानीमा मिसाएर उमाल्नुहोस् र एक गिलास नहुँदासम्म उमालिरहनुहोस् । त्यसपछि बिहान खालीपेटमा यो पिउनुहोस्, यसले तपाईंको मुटुलाई सुरक्षित बनाउन मद्धत गर्छ ।

यो कति समयसम्म पिउने ? भन्ने प्रश्न पनि आउन सक्छ । यसको लागि एक वर्षमा तपाईंको उमेरअनुसार कति दिन पिउने भन्ने यकिन गर्न सकिने आयुर्वेदिक चिकित्सकहरू बताउँछन् । आयुर्वेदका जानकारहरू तपाईंको उमेर जति छ त्यति नै दिन यस्तो पेय पदार्थ पिउनु स्वास्थ्यको लागि लाभदायक हुने बताउँछन् । यो सानो उपचारले तपाईंको मुटुलाई स्वस्थ र शक्तिशाली बनाउँछ ।

२. बेसार र चुना पानीको मिश्रण
हलेदो (बेसार बनाउन प्रयोग गरिने कन्दमुल) को पोटीलाई चारदिनसम्म चुनापानीमा भिजाउनुहोस् । त्यसपछि ती पोटीलाई चार दिनसम्म चुना पानीमा भिजाउनुहोस् । त्यसपछि तिनीहरूलाई बाहिर निकाल्नुहोस् र सुकाउनुहोस् । जब यो पोटी राम्रोसँग सुक्छ तब तिनीहरूलाई पिस्नुहोस् र पाउडर बनाउनुहोस् ।

अब यस पाउडरको एक ग्राम (उदाहरणका लागि चम्चाको चतुर्थको एक चौथाइ) बिहान र साँझ तातो पानीसँग लिनुहोस् । यसले धमनीमा भएको अवरोधलाई खोल्छ । यो नुस्खा जहिले पनि प्रयास गर्न सकिन्छ । यसले हृदयलाई सधैं स्वस्थ राख्न पनि मद्धत गर्न सक्छ ।

३. तुलसी र पुदिना पातहरू
मुटु स्वस्थ राख्नका लागि यो सजिलो तरिका हो । यसमा तुलसी र पुदिनाका पाँच–पाँच वटा पातहरू हरेक बिहान खानुपर्छ । यसले रगतको उच्चस्तरलाई सामान्य राख्छ, ताकि रक्तधमनीहरूमा कुनै अवरोध हुँदैन र हृदयाघातबाट बचाउँछ। यो उपचार दैनिक रूपमा गर्न सकिन्छ ।

प्रतिक्रिया