शुक्रबार, वैशाख १४, २०८१

अभिनेत्री काजल अग्रवाल भोली वैवाहिक बन्धन्मा बाँधिदै

नेपालखोज २०७७ कार्तिक १३ गते ९:२६

एजेन्सी। दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल भोलि वैवाहिक बन्धनमा बाँधिदै छिन्। बलिउडमा समेत आफ्नो छवि बनाएकी काजल व्यवसायी गौतम किचलूसँग विवाह गर्दै छिन्।

त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। काजलले केहि समय अघि सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी गराएकी थिइन्। मुम्बईमा हुने विवाह तथा पार्टीमा दुवै परिवारका सिमित सदस्यलाई मात्रैआमन्त्रण गरिएको छ। काजलले गौतमसँगको तस्बिर समेत सेयर गरेकी छिन्।

काजलले आफ्नी बहिनी निशा अग्रवालसँग पार्टी गरेकी थिइन्। उनको घरमा विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने पूजाको कार्यक्रममा सुरु भएको छ। उनले बहिनीसँगको तस्बिर शेयर गर्दै अब मिस अग्रवालको रूपमा यो अन्तिम तस्बिर बताएकी थिइन्। विवाहका लागि काजल निकै उत्साहित देखिएकी छिन्।

प्रतिक्रिया