बिहीबार, वैशाख १३, २०८१

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक

नेपालखोज २०७७ कार्तिक १३ गते १३:१०

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकी छन् । गायन रियालिटि शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भ्वाइसमा पृथ्वी उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकी थिईन ।

ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङर मास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन र कलर मनोज कार्की, कथा पृथ्वी खनाल र कोरियोग्राफर निर्देशन मौसम हिमालिको रहेको छ ।भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ ।

भिडियो लिंक:

प्रतिक्रिया