बुधबार, वैशाख १२, २०८१

युवतीको कारण शाहरुख खानले दिल्लीमा पिटाइ खाएका थिए

नेपालखाेज २०७७ कार्तिक १७ गते १३:२६

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान १९६५ नोभेम्बर २ मा भारतको नयाँ दिल्लीमा जन्मिएका थिए । आज उनको जन्मदिन पनि हो । सुरुवाती दिनमा भारु २० रुपैँया पारिश्रमिक लिएर काम गर्न थालेका उनी अहिले विश्वको दोस्रो धनी अभिनेताको रुपमा चिनिन्छन् । उनको संर्घष र मेहेनतको छुट्टै कथा छ । अहिले भारतमा मात्र होइन विश्वका सबै देशमा उनी परिचित छन् ।

अभिनेता भएकै कारण उनको ठूलो इज्जत र नाम छ । उनी पुगेको सबै ठाउँमा उनको सम्मान हुन्छ । तर, अभिनेता खानले एक अन्तरवार्तामा आफूलाई दिल्लीको केटाहरुले कुटेको बताएका छन् ।

अभिनेता खानका अनुसार एक युवतीको कारण उनलाई दिल्लीका केटाहरुले कुटेका हुन् । क्यामपस पढ्दाको समयमा उनी एक युवतीको प्रेममा थिए । उनी र प्रेमीका पार्कमा डेट गरिरहेको बेला अचानक एक केटाहरुको समूह आएर शाहरुख खानलाई यो युवती को हो भनेर सोधे । शाहरुखले उक्त युवती आफ्नो प्रेमी रहेको बताए । त्यसपछि ती केटाहरुको समूहले यो युवती तेरो भाउजु हो भन्दै उनलाई पिटे ।

शाहरुख खानले आफूमा यस्तो घटना घटेको कपिल शर्मा शो मार्फत दर्शकलाई जानकारी दिएका थिए ।

शम्भु रेग्मी

शम्भु रेग्मी नेपालखाेज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया