सोमबार, वैशाख १७, २०८१

ब्रोकर एसोसिएसनको अध्यक्षमा मैनाली निर्विरोध निर्वाचित

नेपालखोज २०७७ कार्तिक २१ गते १२:०७

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक सन्तोष मैनाली निर्विरोध निर्वाचित हुने भएका छन् ।

शुक्रबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा मैनालीको मात्रै उम्मदवारी परेको छ । यससँगै झापा स्थायी घर भएका मैनाली अब स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष हुनेछन् ।

यस्तै उपाध्यक्षका लागि ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीजका (वर्तमान महासचिव) धर्मराज सापकोटा र महासचिवका लागि ब्रोकर नम्बर ५७ का गुणनिधि भुसाल सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सचिवमा ब्रोकर नम्बर ४० क्रियटिभ स्क्युरिटीजका रमणदेव पन्त र कोषाध्यक्षमा ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजका भक्तिराम घिमिरे भएका छन् ।

नयाँ कार्यसमितिमा रवीन्द्र श्रेष्ठ, मदन पौडेल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र फणीन्द्र ढकाल सदस्य रहनेछन् ।

प्रतिक्रिया