तिहार नजिकिदैं गर्दा पटाकाको अवैध कारोवार, पटाका सहित दुई व्यक्ति कालिमाटीबाट पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित सडकबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारी गाडी चालक मकवानपुर राईगाँउ-२ बस्ने ३७ वर्षीय जेसन राई लगायत दुुई जनालाई पक्राउ गरेको हो ।
यसैगरी सप्तरी, डाक्नेश्वरी नगरपालिका ३ फत्तेपुरबाट करिब १२ हजार रुपैयाँ मूल्य बराबरको बिभिन्न किसिमका पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०३००५ प ९०१६ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरपालिका ७ बस्ने २१ वर्षीय चन्द्रकान्त राय समेत २ जनालाई उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया