विश्वमा करीब १० करोड मानिस अति गरीब हुन सक्ने आंकलन

सुवाश शर्मा २०७७ कार्तिक २२ गते १५:१४

सन् २०१९ डिसेम्वरमा चीनको बुहान सहरमा पहिलो पटक कोरोनाभाईरस (कोभिड–१९) देखा पर्यो । अहिले हामी नोभेम्वर महिनाको पुर्व सन्ध्यामा रहेका छौं । यस अर्थमा आगामी महिना अर्थात डिसेम्वरमा कोभिड–१९ को महामारी फैलिएको एक वर्ष पुग्छ ।

यो अवधिमा कोभिड–१९ ले एकाध बाहेक बिश्वको सबैजसो देशलाई प्रभावित बनाएको छ अर्थात सबै देशमा यो महामारी फैलिएको छ । यो लेख तयार पार्दाको अवस्थासम्ममा अर्थात ७ अक्टोवर २०२० सम्ममा बिश्वमा चार करोड ९६ लाख ६७ हजार ६ सय ९७ जना कोभिड १९ बाट संक्रमित भईसकेका छन् । कुुल संक्रमित संख्या मध्ये १२ लाख ४८ हजार सात सय ७९ जनाको मृत्युु भईसकेको छ भने यस अवधिमा तीन करोड ५२ लाख ५४ हजार ७ सय २४ जना कोभिड–१९ को संक्रमणबाट मुुक्त भईसकेका छन् ।

जहाँसम्म नेपालको कुरा छ, नेपालमा २०७६ माघ ९ गते पहिलोपटक कोभिड–१९ को संक्रमित फेला परेको थियो । त्यसपछि आजको दिनसम्म अर्थात कात्र्तिक २२ गते यो लेख तयार पार्दाको अवस्थासम्म नेपालमा एक लाख ८८ हजार आठ सय ८३ जना कोभिड–१९ बाट संक्रमित भईसकेका छन् । सरकारले यस अवधिमा १५ लाख १७ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा कोभिड–१९ का संक्रमितहरु भेटिएका हुुन् । यस अवधिमा कोभिड–१९ कै कारण १ हजार ७० जनाको मृत्य भईसकेको तथ्यांक स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरिसकेको छ । यद्यपी नेपाली सेनाले कोभिड–१९ को संक्रमणबाट मृत्य भएका नागरिकको शव व्यवस्थापन गरेको आधारमा भने नेपालमा कोभिडकै कारण १४ सय जनाको मृत्युु भईसकेको सेनाले बताउँदै आएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट संक्रमित भएकाहरु मध्ये १ लाख ५२ हजार ९ सय ८ जना संक्रमण मुक्त भईसकेका छन् । यो संख्या भनेको कुुल संक्रमित मध्येको झण्डै ८० प्रतिसतको हाराहारीमा हो ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार विश्वका विभिन्न क्षेत्रमा अहिले लगभग ३ अर्ब ३० करोड मानिस प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगार रहेका छन् । तर, कोभिड–१९ कै कारण आजको दिनसम्म एक अर्ब ६० करोड मजदुर प्रत्यक्ष रुपमा प्रभावित भएका छन् अथार्त यो संख्याले आशिंक वा पुर्णरुपमा रोजगारी गुमाएका छन् । विश्वमा कोभिड–१९ को सबैभन्दा बढी प्रभाव अनौपचारिक क्षेत्रमा परेको छ । होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, यातायात, उद्योग, पर्यटन क्षेत्रमा कोभिड–१९ को सबैभन्दा बढी प्रभाव परेको छ । यसले गर्दा पनि यि क्षेत्रमा काम गर्ने ठुुलो जनसंख्या अहिले आंशिक वा पुुर्णरुपमा बेरोजगार बनेका छन् । बिश्व बैंकको प्रक्षेपण अनुसार कोभिड–१९ कै कारण रोजगारी गुुम्दा विश्वमा करिब १० करोड मानिस अति गरीब हुनेछन् । अनौपचारिक श्रम बजारका श्रमिक तथा गरीब मजदुरमा यसको असर परेको कारण अधिकांश दरमा गरीबी देखिन्छ । बिश्व बैंकले कोभिड–१९बाट परेको असरहरुको बारेमा एक सय ६६ वटा राष्ट्रहरुमा गरेको अध्ययन अनुसार सबैभन्दा बढि असर अफ्रिकी मुलुकहरुका पर्ने देखिन्छ । ति मुुलुकहरुमा मात्र २२ दसमलव ६ प्रतिशतले गरिबी बढ्न सक्ने बिश्व बैंकले अनुुमान गरेको छ भने दक्षिण एसियामा १५ दसमलव ६ प्रतिशत, ल्याटिन र क्यारेबियन क्षेत्रमा दुुई दसमलव ७ प्रतिशत, मध्यपूर्व र दक्षिण अफ्रिकामा दुुई दसमलव ८ प्रतिशत र पूर्वी एसिया र प्यासिफिकमा चार दसमलव पाँच प्रतिशत गरीबी वृद्धि हुने अनुमान बिश्व बैंकले गरेको छ ।

जहाँसम्म नेपालको कुरा छ, सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि भन्दै २०७६ चैत्र १० को मध्यरातदेखि देशव्यापीरुमा लक डाउनको घोषणा गर्यो । त्यो लकडाउन २०७७ साउन ६ गतेपछि मात्र आंशिकरुपमा खुुकुलो भएको थियो । नेपालमा पनि लकडाउन कै कारण २० लाख मानिसको प्रत्यक्षरुपमा रोजगारी खोसिएको छ । यसरी रोजगारी खोसिनेमा अनौंपचारिक क्षेत्र अर्थात होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरु बढी रहेका छन् । कोभिड–१९ कै कारण बिकरालरुपमा बेरोजगारी बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार अहिले नेपालको कुुल जनसंख्या दुई करोड ९३ लाख २७ हजार ८३ रहेको छ । यसमध्ये झण्डै ५५ लाख जनसंख्या अहिले पनि चरम गरिबीको रेखामुुनी रहेका छन् । तर, कोभिड–१९ कै कारण थप ३४ लाख जनसंख्या गरिबीको रेखामुुनी धकेलिने अनुुमान गरिएको छ । कुुल जनसंख्या मध्ये १८ दसमलव सात प्रतिसत जनता गरिबीको रेखामुुनी रहेकोमा कोभिड १९ कै कारण यो संख्या बढेर २२ प्रतिसतको हाराहारी पुग्ने छ ।

कोभिड–१९ को संक्रमण पछिल्लो समय तिव्र रुपमा बढेका कारण कहिलेदेखि यो नियन्त्रणमा आउँछ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन । यो अवस्थामा सरकारले कोभिड–१९ कै कारण रोजीरोटी गुमाएका आम नागरिकको जीवन सुरक्षाको लागि, रोजगारीको लागि प्रभावकारीरुपमा काम गर्न सकेको छैन । यसको फलस्वरुप आम नागरिकमा चररुपमा निराशा छाएको छ । निराशाका कारण आत्महत्याको दर बढ्दै गएको छ । दैनिकरुपमा अहिले नेपालमा १७ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । यसको प्रमुुख कारण नै कोभिड–१९ हो । अर्कोतर्फ कोभिड–१९ कै कारण आम नागरिकको रोजगारी गुम्दा समाजमा धनी र गरिबबिचको खाडल बिकरालरुपमा बढ्दै गएको छ । यसले गर्दा समाजमा थप आपराधिक क्रियाकलापहरु बढ्दै गएका छन् । समाज अशान्त हुुँदै गएको छ । कोभिड कै कारण रोजगारी गुमाएका आम नागरिकको रोजीरोटी र रोजगारीको ग्यारेन्टी सरकारले गर्न नसक्ने हो भने यसले मुलुुकलाई आर्थिक अपराध, आन्तरिक द्वन्द्वको भुमरीमा धकेल्न सक्छ । यो अवस्था आउन नदिनको लागि पनि सरकारले सबै नागरिकलाई रोजगारी दिनुुपर्छ, जसले कोभिड–१९ कै कारण रोजगारी गुमाएका छन् ।

नेपालमा एक व्यक्ति बराबर चार जना आश्रित रहेका छन् । यस अर्थमा कोभिड–१९ कै कारण एउटा व्यक्तिको रोजगारी गुुम्नु भनेको त्यो व्यक्तिसँग सम्वन्धित चार जनाको पेट भोक हुुनु हो । भोको पेटले कहिले पनि राम्रो नराम्रो सोच्दैन, उसले एक पेट खाना मात्र सोच्छ, त्यो खानाको ग्यारेन्टी सरकारले गर्नुपर्छ, गर्न सक्नुुपर्छ । यदि सरकारले त्यो ग्यारेन्टी गर्न सक्दैन, अथवा चाहँदैन भने यसले समाजलाई अशान्त बनाउँछ, अपराध बढाउँछ ।

प्रतिक्रिया