बिहीबार, वैशाख १३, २०८१

सोमबार राष्ट्र बैंकले १७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

नेपालखोज २०७७ कार्तिक २३ गते १३:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १७ अर्ब १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती कार्तिक २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको ५ अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको १२ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ मंसिर २३ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ माघ २७ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ बैशाख २८ गते तोकिएको छ ।

यसअघि यही कार्तिक १७ गते पनि राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया