शुक्रबार, वैशाख १४, २०८१

महालक्ष्मी विकास बैंक र एस. आर. एल. डायगनोस्टिकबिच सम्झौता

नेपालखोज २०७७ कार्तिक २४ गते १३:१९


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) सँग सम्झौता गरेको छ ।

बैंकका अनुसार आईतबार भएको उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि.मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिसत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशभरी १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

प्रतिक्रिया