हास्य कलाकार भारती सिंहको घरमा छापा
नेपालखोज
२०७७ मंसिर ७ गते १४:५१

एजेन्सी । बलिउड लागुऔषध कनेक्सन हास्य कलाकार भारती सिंहतर्फ पनि तेर्सिएको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एससिबी) ले सिंहको घरमा शनिबार छापा मारेको छ । सिंह र उनका पतिविरुद्ध लागुऔषध प्रयोग गरेको आरोप लागेको छ ।

एससिबीकाअनुसार अनुसन्धानका क्रममा गोप्य सूत्रले भारती सिंह र उनको पति हर्षविरुद्ध पनि बयान दिएको छ । एससिबीले पछिल्लो समय मुम्बईको अन्धेरी, लोखन्डवालालगायत क्षेत्रमा छापा मारिरहेको छ ।
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषध कनेक्सन देखिएपछि ब्युरोले लगातार छापा मारिरहेको छ । विशेषगरी ब्युरोले बलिउड कलाकारको घरमाथि नजर बढाएको छ ।
सम्बन्धित
प्रतिक्रिया