आइतबार, जेठ ६, २०८१

बलिउड अभिनेत्रीहरूको पारिश्रमिक कति ?

नेपालखोज २०७८ पुष १० गते ११:१७

२०२१ को सबैभन्दा महँगो बलिउड अभिनेत्रीको नाम लिँदा दीपिका पादुकोणको नाम अगाडि आउँछ । दीपिका एउटा फिल्मको ३५ देखि ५० करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनको पारिश्रमिक चलचित्रमा निर्वाह गर्ने भूमिकामा भर पर्छ ।

कंगना रणावतको पारिश्रमिक यो वर्ष ४५ करोड रुपैयाँसम्म पुग्यो । कंगना एउटा चलचित्रको २५ देखि ४५ करोडसम्म लिन्छिन् ।

आलिया भट्ट चलचित्रका लागि त्यति पुरानी नायिका होइनन् । यद्यपि पारिश्रमिकको कुरामा उनी आफ्ना थुप्रै सिनियरहरूभन्दा अगाडि छिन् । बलिउड मिडियाहरूका अनुसार आलियाले यो वर्ष एउटा चलचित्रमा काम गरे बापत ४० करोडसम्म बुझिन् ।

कटरिना कैफ यो सूचीको चौथो स्थानमा छिन् । हालै उनले एउटा चलचित्रका लागि करिब ३२ करोड रुपैयाँ लिइन् । कटरिनाको पारिश्रमिक २४ देखि ३२ करोडको बीचमा छ ।

प्रियंका चोपडाले बलिउड साथै हलिउडमा पनि नाम कमाएकी छिन् । प्रियंका बलिउडमा एउटा चलचित्रको २५ देखि ३५ करोड पारिश्रमिक लिन्छिन् ।

(सबै रकम नेपाली रुपैयाँमा परिवर्तित)

प्रतिक्रिया