शुक्रबार, वैशाख ७, २०८१

रियलमीले भित्र्यायो शक्तिशाली ब्याट्री र क्यामरा भएका दुई नयाँ फोन, कति छ नेपाली बजारमा मूल्य ?

नेपालखोज २०७७ मंसिर ११ गते १४:४२

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी रियलमी एक वर्षमै नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र कम मूल्यमा राम्रो फोन दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीले सस्तादेखि महँगा फोन बजारमा ल्याएको छ।

यदि तपाईं उत्कृष्ट स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ।
‘रियलमी–७’ र ‘रियलमी–७आई’
रियलमीको पछिल्लो उत्पादन ‘रियलमी–७ र रियलमी–७ आई’ मंगलबार नेपाली बजारमा आएको छ। यी फोनका मुख्य विशेषता हुन्ः
५ हजार एमएएच ब्याट्री क्षमता
३० वाटको फास्ट चार्जिङ सुविधा
६४ मेगापिक्सलको वाइड एंगल क्यामरा।
३० वाटको फास्ट चार्जिङ सुविधाबाट ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ भने ६५ मिनेटमा पूरा चार्ज हुने कम्पनीले जनाएको छ।

रियलमीले यी दुवै फोनमा सोनीको लेन्स प्रयोग गरेको बताएको छ।

यसमा ६।५ इन्च एपएचडी प्लस अल्ट्रा स्मुथ डिस्प्ले छ। त्यस्तै, यसमा दुइटा नानो सिमकार्ड र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ। स्क्रिनमा फिंगर प्रिन्ट सेन्सर छ।

फोनमा ८ जिबी र्‍याम र १२८ जिबी स्टोरज भएकाले ग्राहकले धेरै फाइल अटाउन सक्छन्। मेमोरी कार्डबाट २५६ जिबीसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ।

नयाँ फ्ल्यागसिप, अल्ट्रा क्लियर क्वाड क्यामरा सेटअप गरिएको यी फोनमा ६४ मेगापिक्सलको मुख्य क्यामरा छ भने ८ मेगापिक्सल अल्ट्रा-वाइड एंगल, २ मेगापिक्सल पोट्रेट लेन्स र २ मेगापिक्सल म्याक्रो लेन्स छ। त्यस्तै, सेल्फी खिच्न १६ मेगापिक्सल क्यामरा छ।

प्रतिक्रिया