विज्ञान र प्रविधिको क्षेत्रमा सबैभन्दा शक्तिशाली देश कुन– कुन ?
काठमाडाैं । संयुक्त राष्ट्रसंघको विश्व बौद्धिक सम्पदा संगठन (डब्ल्यूआईपीओ) ले विज्ञान तथा प्रविधिमा आविष्कारका हिसाबले शीर्ष स्थानमा रहेका देशको सूची सार्वजनिक गरेको छ ।
चीन शीर्षमा
चीनमा सबैभन्दा बढी २६ वटा यस्ता केन्द्र छन् जसले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास गरिरहेका छन । यी मध्ये, बेइजिङ र सांघाई जस्ता प्रमुख केन्द्रहरूले नवप्रवर्तनलाई बढावा दिइरहेका छन् । यो सुचिको शीर्ष १० केन्द्रमध्ये चीनका चार वटा केन्द्र समेटिएका छन्।
अमेरिका
अमेरिका चीनपछि दोस्रो स्थानमा छ जहाँ २० वटा नवप्रवर्तन केन्द्रहरू छन् र त्यसमा सिलिकन भ्याली तथा बोस्टन-क्याम्ब्रिज जस्ता प्रतिष्ठित केन्द्रहरू समेटिएका छन् । अमेरिकाका तीन वटा केन्द्र शीर्ष १० मा परेका छन्।
जर्मनी
आठ आविष्कार क्लस्टरका साथ जर्मनी विज्ञान र प्रविधिका लागि एक अग्रणी देश साबित भएको छ र यसको प्रमुख केन्द्र म्युनिख हो । तै पनि शीर्ष १० मा जर्मनीको कुनै केन्द्र परेको छैन ।
दक्षिण कोरिया
दक्षिण कोरिया प्रविधिमा आधारित अर्थतन्त्रका लागि परिचित छ र यहाँ ४ वटा क्लस्टरहरू छन । सियोल विज्ञान तथा प्रविधिमा आधारित आविष्कारका दृष्टिले संसारकै एउटा प्रमुख इनोभेशन हब हो ।
भारत
भारतसँग पनि ४ क्लस्टर छन्, जसमध्ये बेंगलुरु सबैभन्दा अगाडि छ । यद्यपि भारतकन कुनै पनि हब शीर्ष १५ मा पर्दैनन् ।
फ्रान्स तथा बेलायत
तीन – तीन आविष्कार केन्द्रका साथ फ्रान्स र बेलायत संसारको सबैभन्दा ठूलो आविष्कार केन्द्रहरु मध्ये एक भएका छन् । फ्रान्सको पेरिस र बेलायतको क्याम्ब्रिज विज्ञान तथा प्रविधिमा आधारित आविष्कारका दृष्टिले सबैभन्दा ठूलो केन्द्र हुन ।
जापान
जापानमा तीनवटा आविष्कार केन्द्र छन्। टोकियो-योकोहामा विश्वको सबैभन्दा ठूलो आविष्कार केन्द्र हो भने ओसाका-कोबे-क्योटो पनि शीर्ष १० मा छ ।
प्रतिक्रिया