बिहीबार, वैशाख १३, २०८१

सिभिल लघुबित्त संस्थाद्धारा सात वटा शाखा बिस्तार

नेपालखोज २०७७ मंसिर ११ गते १५:५२

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लि.को सहायक कम्पनी) ले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नाम वेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्थाले यसअघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरुमार्फत लघु वित्तीय सेवाहरु प्रदान गर्नेछ ।

संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पुरयाउंदै आइरहेको छ ।

साथै, संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउंदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउंदै आइरहेको छ । वित्तीय संस्थामा करिव ३६ हजार भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम एक अर्व ६० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया