शुक्रबार, चैत १६, २०८०

नेप्से १८ सय ९३ अंकमा, सातामा ३१ अर्ब ५४ करोडको सेयर किनबेच

नेपालखोज २०७७ मंसिर १२ गते ११:१८

काठमाडौं । नेप्सेको साप्ताहिक कारोवार रकममा पनि यो साता नयाँ रेर्कड कायम भएको छ । यो साता नेप्से सुचक तथा कारोवार रकम दुबैले नयाँ रेर्कड कायम गरेका हुन् । नेप्से यो साता १८ सय ९३ दसमलव २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६५ दसमलव १८ अंकमा पुगेको छ । दुई सय एक वटा कम्पनीहरुको दुई लाख ८७ हजार एक सय ३० पटकको कारोवारमा सात करोड ५८ लाख ३८ हजार आठ सय ६४ कित्ता सेयर किनबेच हुँदा यो साता कुल कारोवार रकम ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार दुई सय रुपैयाँ पुगेको छ । नेप्सेमा भएको यो कारोवार रकम हालसम्म कै उच्च हो ।

गत साता भने नेप्सेमा एक सय ९९ वटा कम्पनीहरुको एक लाख १४ पटकको कारोवारमा दुई करोड ५७ लाख ३७ हजार तीन सय ८२ कित्ता सेयर खरिद बिक्री भएका थिए । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम १० अर्ब ९० करोड ७७ लाख ७१ हजार सात सय २० रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा दोस्रो बाहेक बाँकी सबै दिन बढेको छ । पहिलो दिन चार दसमलव ६९ अंकले बढेर १७ सय ८२ दसमलव ८१ अंकमा पुगेको नेप्से अन्तिम कारोवार दिन १८ दसमलव ४३ अंकले बढेर १८ सय ९३ दसमलव २४ अंकमा पुगेर रोकिएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन दुई अंकले बढेर तीन सय ४५ दसमलव सात अंकमा चढेकोमा अन्तिम कारोवार दिन पनि दुई दसमलव ८५ अंकले बढेर तीन सय ६५ दसमलव १८ पुगेको रोकिएको थियो ।

नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्राली यो साता बढी रकम कारोवार भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेकाछन भने सेयर सुचीकरणतर्फ यो साता सिभिल लघुबित्त बित्तीय संस्था, नारायणी डेभलपमेन्ट आदिको बोनस तथा हकप्रद सेयर सुचीकृत भएका छन् ।

प्रतिक्रिया